Esther 7:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दयाको भिक्षा माग्नलाई उनी एस्तरको आराम गर्ने पलङ्गमा ढल्केका मात्र थिए, राजा बगैँचाबाट कोठाभित्र आए। त्यो देखी राजाले कराएर भने, “के यस मानिसले यहाँ मेरो अघि मेरै महलभित्र रानीलाई बलात्कार गर्ने आँट गरेको हो?” राजाका मुखबाट ती शब्द निस्केका मात्र थिए, नपुंसकहरूले हामानको टाउको छोपिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजा बगैँचाबाट भोज गर्ने कोठामा फर्केर आएकै बेला हामानचाहिँ एस्तर ढल्किरहेको पलङ्गको छेउमा पसारो परिरहेका थिए। तब राजाले आश्चर्यचकित भएर कराए, “के रानी यहाँ मसँग हुँदा पनि यसले बलात्कार गर्न चाहन्छ?” राजाको मुखबाट यो कुरो निस्कने बित्तिकै तिनीहरूले हामानको मुख छोपे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजा राजमहलको बगैँचाबाट भोज गर्ने हलमा फर्केर आए; हामानचाहिँ एस्तर रानीले आराम गर्ने पलङको छेउमा निहुरिरहेका थिए। तब राजा यसरी चिच्याए, “के यस मानिसले यहाँ मेरै सामु रानीलाई दुर्व्यवहार गर्ने आँट गरेको हो?” राजाको मुखबाट यो कुरा निस्कनसाथ, तिनीहरूले हामानको मुख छोपिदिए।
Nepali ERV (पवित्र बाइबल)
तब राजा बगैंचाबाट भोजन कोठामा फर्किदै थिए अनि तिनले हामानलाई एस्तर रानी पल्टिरहेको सोफामा लडिरहेका देखे। राजाले रिसाएर भने, “म घरमा भएकै बेलामा तैंले रानीलाई आक्रमण गरिरहेछस्।” जब ती वचनहरू राजाको मुखबाट निस्किए राजाका नोकरहरूले हामानलाई बन्दी बनाए।