Esther 8:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदीहरूको हत्या गर्न तोकिएको दिन अर्थात् अदार भनिने बाह्रौँ महिनाको तेह्रौँ दिन यो आज्ञा सम्पूर्ण फारस-साम्राज्यमा चालु रहनेथियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूलाई एकै दिनमा, अर्थात् बाह्रौँ महिनाको वा अदार महिनाको तेह्रौँ दिनमा नाश गर्न, मार्न र नाउँनिशानै मेटिदिन, अनि अहासूरस राजाका सबै प्रान्तभरि नै उनीहरूका अधिकारको जग्गाजमिन लुट्न भनी मन्जूरी भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजा अहासूरसका सबै प्रान्तहरूमा यहूदीहरूका निम्ति यसो गर्न तोकिएको दिन, अदार भनिने बाह्रौँ महिनाको तेह्रौँ दिन थियो।
Nepali ERV (पवित्र बाइबल)
राजा अहासूरसका समस्त प्रदेशमा बाह्रौ महीनाको, अदारको महीनाको तेह्रौ यो लागु गरिनु पर्ने थियो।