Esther 8:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रत्‍येक प्रान्‍तको सारा प्रजालाई यो कानुन बनिएको छ भनी सुनाइनुपर्थ्‍यो र त्‍यसरी यहूदीहरू त्‍यस दिन आफ्‍ना शत्रुहरूसँग बदला लिन तयार रहन सक्‍दथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस आज्ञापत्रको एउटा नकल हरेक प्रान्‍तमा उर्दीको रूपमा निकालिने र सारा मानिसहरूका बीचमा प्रचार गरिने भयो। यहूदीहरूचाहिँ त्‍यस दिनमा आफ्‍ना शत्रुहरूमाथि साटो लिनका निम्‍ति तयार रहून्‌ भन्‍ने यो आज्ञापत्र निकालिएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस उर्दीको एउटा प्रतिलिपिलाई प्रत्येक प्रान्तमा कानुनी रूपमा निकालिने र प्रत्येक जातिका मानिसहरूलाई थाहा गराउनुपर्ने थियो, ताकि त्यस दिन यहूदीहरू तिनीहरूका शत्रुहरूमाथि बदला लिन तयार रहन सकून्।
Nepali ERV (पवित्र बाइबल)
हरेक प्रदेशलाई आदेशको एक एक प्रति नियमको प्रतिलिपी दिनु पर्ने थियो। मानिसहरूलाई घोषणा गर्नु पर्थ्यो।