Esther 8:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाको आज्ञाले घोडचढीहरू राज-घोडामा सवार भई खुब वेगले समाचार लिई गए। राजधानी शूशन सहरमा पनि सो उर्दी जनसाधारणका बीचमा सुनाइयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले ती समाचारवाहकहरू राजकीय घोड़ाहरूमा सवार भएर राजाको जरूरी उर्दी चाँड़ै लैजान पठाइए। यो उर्दी राजधानी शूशनमा पनि निकालियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाको आज्ञाअनुसार सन्देश वाहकहरू हतार-हतार राजकीय घोडाहरूमाथि सवार भएर तेजसित बाहिर गए। अनि त्यो उर्दी राजधानी शूशनभरि जारी गरियो।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ, त्यसदिन यहूदीहरू आफ्ना शत्रुहरू माथि बद्ला लिनलाई तयार रहनु पर्थ्यो। राज-अश्व सवारहरू राजाको आदेश अनुसार सबै तयार थिए। व्यवस्था पनि शूशनको प्रासाद जिल्लामा प्रकाशित गरियो।