Esther 8:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नीला र सेता राजसी पोशाक लाएर मिहिन बैजनी मलमलको खास्‍टो र शिरमा सुनको शोभायमान मुकुट पहिरेर मोर्दकै राजमहलबाट निस्‍के। शूशनका सडक-सडकमा आनन्‍दित जयध्‍वनि भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मोर्दकै नीलो र सेतो राजकीय पोशाक र ठूलो सुनको मुकुट पहिरेर, मलमलको बैजनी वस्‍त्र लगाएर राजाको उपस्‍थितिबाट निस्‍के। अनि समस्‍त शूशन सहरले खुशी र आनन्‍द मनायो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोर्दकै राजाको उपस्थितिबाट निलो र सेतो राजकीय पोशाक, शिरमा सुनको मुकुट र मलमलको बैजनी लबेदा पहिरेर निस्के। अनि समस्त शूशन सहरमा खुशी र आनन्दको उत्सव मनाइयो।
Nepali ERV (पवित्र बाइबल)
मोर्दकैले नीलो अनि सेतो वस्त्रले बनाएको राजवस्त्र, पहिरेर, एक विशाल सुनौला मुकुट र सेतो सूतीवस्त्र अनि बैजनि वस्त्र पहिरेर मोर्दकै राजाको उपस्थिबाट गए। अनि शूशन शहरका मानिस कराए र खुशी मनाए।