Esther 8:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रत्‍येक सहर र प्रान्‍तमा, जहाँ-जहाँ राजाको उर्दी पढिएको थियो, यहूदीहरूले आनन्‍दसाथ उत्‍सव मनाए र भोज खाए। जसको कारणले यहूदीहरूसित डराएर धेरै अरू जातिका मानिसहरू पनि यहूदी भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उर्दी पुगेको, राजाको हरेक प्रान्‍त र हरेक सहरमा यहूदीहरूका निम्‍ति आनन्‍द र हर्ष, भोज र उत्‍सवको दिन भयो। अनि अरू जातिका धेरै मानिसहरू यहूदी भए, किनभने यहूदीहरूको डर तिनीहरूमाथि परेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रत्येक प्रान्त र प्रत्येक सहरमा जहाँ-जहाँ राजाको उर्दी पुग्यो, त्यहाँ-त्यहाँ यहूदीहरूको बीचमा आनन्द र हर्षको साथमा भोज र उत्सव मनाइयो। अनि अरू जातिका मानिसहरूमा यहूदीहरूको डर पसेको कारण धेरै मानिसहरू यहूदी भए।
Nepali ERV (पवित्र बाइबल)
अनि हरेक प्रदेशमा, हरेक शहरमा, अनि हरेक स्थानमा जहाँ राजाका आदेश अनि व्यवस्था सुनिए यहूदीहरूका निम्ति आनन्द मनाए अनि एक भोजको आयोजना गरी विदा गरे। अनि त्यो भूमिका हरेक मानिसहरू यहूदी हुनथाले किनभने यहूदीहरूको डर तिनीहरूमाथि परेको थियो।