Esther 8:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजा अहासूरसले रानी एस्‍तर र यहूदी मोर्दकैलाई भने, “हेर, यहूदीहरूका विरुद्धमा रचेका जालको निम्‍ति मैले हामानलाई झुन्‍ड्याएँ। त्‍यसका धन-सम्‍पत्ति मैले एस्‍तरलाई दिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजा अहासूरसले रानी एस्‍तर र यहूदी मोर्दकैलाई भने, “त्‍यसले यहूदीहरूलाई नाश गर्ने प्रयत्‍न गरेको हुनाले मैले हामानको सम्‍पत्ति एस्‍तरलाई दिएको छु, र त्‍योचाहिँ फाँसीको काठमा झुण्‍ड्याइयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजा अहासूरसले रानी एस्तर र यहूदी मोर्दकैलाई भने, “हामानले यहूदीहरूमाथि आक्रमण गरेको कारण मैले त्यसको धनसम्पत्ति एस्तरलाई दिएको छु। त्यसलाई उसैले तयार गरेको फाँसीको काठमा झुण्ड्याइएको छ।
Nepali ERV (पवित्र बाइबल)
अनि राजा अहासूरसले रानी एस्तर र यहूदी मोर्दकैलाई भने, “मैले हामानको घर एस्तरलाई दिएको छु। अनि तिनीहरूले हामानलाई फाँसीमा झुण्डयाएकाछन्। हामानले यहूदीहरूलाई मार्ने प्रयास गरेका थिए।