Esther 9:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि उनले एस्‍तर रानीलाई भने, “शूशनमा मात्र यहूदीहरूले पाँच सय मानिसहरूलाई मारेछन्। तीमध्‍ये हामानका दश भाइ छोराहरू पनि थिए। प्रान्‍त-प्रान्‍तमा यहूदीहरूले के गरे होलान्। अब तिमी के माग्‍छ्यौ? त्‍यो तिमीलाई दिइनेछ। तिमीलाई अरू केही चाहिन्‍छ भने मलाई भन र त्‍यो तिमीलाई दिइनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाले रानी एस्‍तरलाई भने, “राजधानी शूशनमा यहूदीहरूले पाँच सय मानिसहरूलाई र हामानका दशै जना छोराहरूलाई मारेर नाश पारेका छन्‌। राजाका अरू प्रान्‍तहरूमा तिनीहरूले के-के गरे होलान्‌? अझ भन, तिम्रो अरू बिन्‍ती के छ? त्‍यो तिमीलाई दिनेछु। तिमी के चाहन्‍छ्यौ, त्‍यो स्‍वीकार गरिनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाले रानी एस्तरलाई भने, “यहूदीहरूले राजधानी शूशनमा पाँच सय मानिसहरू र हामानका दश जना छोराहरूलाई मारेर नाश गरेका छन् भने तिनीहरूले राजाका बाँकी प्रान्तहरूमा के गरे होलान्? अब तिम्रो बिन्ती के छ? त्यो तिमीलाई दिइनेछ। तिमी के चाहन्छ्यौ? त्यो पनि गरिनेछ।”
Nepali ERV (पवित्र बाइबल)
अनि राजाले रानी एस्तरलाई भने, “शूशनको प्रसाद जिल्लामा यहूदीहरूले दशजना हामानको छोराहरू लगाएत 500 जना मानिसहरूलाई मारे। राजाका अन्य प्रान्तहरूमा तिनीहरूले के गरे तिमी सुन्न चाहन्छौ? जे सुकै तिमी माग्छौ त्यो मञ्जूर गरिनेछ। अनि तिमीले अरूनै कुराहरू चाहे पनि त्यो पूरा गरिनेछ।”