Esther 9:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शूशनका यहूदीहरूले चाहिँ पन्ध्रौँ दिन उत्सव मनाए किनभने तिनीहरूले आफ्ना शत्रुहरूलाई तेह्रौँ र चौधौँ दिनमा मारे र पन्ध्रौँ दिनमा रोके।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शूशनका यहूदीहरूले चाहिँ त्यस महिनाको तेह्रौँ र चौधौँ दिनमा सङ्गठित भए र पन्ध्रौँ दिनमा विश्राम लिए, र त्यस दिनलाई चाड़ र हर्षको दिन ठहराए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शूशनमा भएका यहूदीहरू तेह्रौँ र चौधौँ दिनमा भेला भए; अनि पन्ध्रौँ दिनमा तिनीहरूले विश्राम गरे। अनि त्यसलाई तिनीहरूले उत्सव र आनन्दको दिन ठहराए।
Nepali ERV (पवित्र बाइबल)
तर यहूदीहरू जो शूशनमा थिए तिनीहरू महिनाको तेरौं अनि चौधौं दिनमा स्वयंलाई रक्षा गर्न एकत्रीत भएका थिए। त्यसपछि तिनीहरूले पन्धौं दिनमा विश्राम गरे त्यसलाई भोज अनि उत्सवको दिन तुल्याए।