Esther 9:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यही कारण स-साना सहरतिर बास गर्ने यहूदीहरू अदार महिनाको चौधौं दिन आनन्दले उत्सव मनाउँछन्, भोज लाउँछन् र आपसमा खानेकुराका उपहार साटासाट गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले टाढ़ा-टाढ़ाका गाउँहरूमा बस्ने यहूदीहरूले अदार महिनाको चौधौँ दिन हर्ष र चाड़को दिन मनाउँछन्, र त्यस दिन तिनीहरू एक-अर्कालाई उपहारहरू पठाउँछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसैकारण टाढा-टाढाका सहरहरूमा बस्ने यहूदीहरूले अदार महिनाको चौधौँ दिनलाई आनन्द र भोजको उत्सव मान्छन्; अनि एक-अर्कालाई उपहारहरू पठाउँछन्।
Nepali ERV (पवित्र बाइबल)
यसले गर्दा बस्तीतिर शहरहरूमा बस्ने यहूदीहरूले अदार महिनाको चौधौं दिनलाई समारोह अनि भोजको र्हषित दिन तुल्याए अनि हरेकले उपहारहरूको आदान-प्रदान गरे।