Esther 9:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर रानी एस्तर राजाकहाँ गइन् र राजाले लिखित आज्ञा पठाए। जसको फलस्वरूप, हामान आफूले यहूदीहरूको निम्ति बुनेका जालमा आफैं पर्यो, फाँसीमा हामान र उनका छोराहरू झुन्ड्याइए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जब यो षड्यन्त्र राजाकहाँ जाहेर भयो तब यहूदीहरूका विरुद्धमा हामानले रचेको त्यो खराब योजनालाई त्यसकै शिरमा राख्न र त्यो र त्यसका छोराहरूलाई फाँसीको काठमा झुण्ड्याउन राजाले लिखित हुकुम निकाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जब त्यो षड्यन्त्र राजाको नजरमा पर्यो, तब राजाले यहूदीहरूको विरुद्धमा हामानले गरेको योजना त्यसकै टाउकोमाथि परोस्; अनि त्यो र त्यसका छोराहरूलाई फाँसीको काठमा झुण्ड्याइयोस् भनेर लिखित उर्दी जारी गरे।
Nepali ERV (पवित्र बाइबल)
तर जब एस्तर राजाको समक्ष गइन्। तिनले भने, “त्यो लेखिए को जस्तै तिनले यहूदीहरू प्रति योजना गरेका नराम्रो काम तिनी प्रतिनै गरियोस् अनि तिनीहरूले तिनका छोराहरूलाई फाँसीमा झुण्डयाओस्।