Esther 9:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साथै त्यसमा यहूदीहरूलाई जसरी तिनीहरूले उपवास र विलापका नियमहरू पालन गर्दैआएका थिए, त्यसरी नै तिनीहरू र तिनीहरूका सन्तानहरूले पूरीमका दिनहरू पनि मनाउनू भन्ने आदेश दिइएको थियो। मोर्दकै र एस्तर रानी दुवैले त्यस्तो आज्ञा गरेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसै गरी यहूदीहरूले आफ्नै निम्ति र आफ्ना सन्तानहरूका निम्ति उपवास र विलापका नियमहरू तोकिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पूरीमका यी दिनहरू यहूदी मोर्दकै र रानी एस्तरले आदेश दिएझैँ, तिनीहरूले त्यो उपवास र विलापको समय स्थापित गरेझैँ, ती आफ्नो र आफ्ना सन्तानहरूका निम्ति तोकिएको समयमा स्थापना गरेर मनाउनुपर्ने भन्ने बारेमा लेखिएको थियो।
Nepali ERV (पवित्र बाइबल)
मोर्दकैले ती विदाको निम्ति उचित समय तय गर्नका निम्ति पत्रहरू पठाएका थिए। जसरी यहूदी मोर्दकै अनि एस्तरले तिनीहरूमाथि गुण लगाएका थिए। जसरी तिनीहरूले तिनीहरू स्वयंमाथि र तिनीहरू का सन्तानहरू माथि उपवास बस्ने अनि खुबै विलाप गर्ने निर्देशन दिएका थिए।