Exodus 1:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैकारण मिश्रीहरूले तिनीहरूमाथि निष्ठुरी मानिसहरू खटाए, जसले तिनीहरूलाई कठोर र गाह्रो काम लगाएर तिनीहरूको मनलाई मार्ने काम गर्थे। राजकीय सर-सामान भण्डारको लागि इस्राएलीहरूले पिताम र रामसेस सहरहरू बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण उनीहरूले तिनीहरूलाई कठोर काम लगाएर सताउनलाई तिनीहरूमाथि नाइकेहरू खटाए, र तिनीहरूले फारोको निम्ति पिताम र रामसेस भन्ने भण्डारका सहरहरू बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण उनीहरूले तिनीहरूलाई जबरजस्ती कामले लदाएर सताउनको लागि तिनीहरूमाथि हाकिमहरू खटाए; अनि उनीहरूले फारोको निम्ति पिताम र रामसेस भन्ने भण्डारका सहरहरू बनाए।
Nepali ERV (पवित्र बाइबल)
मिश्रीहरूले इस्राएलीहरूको जीवन कष्टपूर्ण पार्ने निर्णय गरे। यसर्थ मिश्रीहरूले इस्राएलीहरूमाथि कमारा-स्वामीहरू नियुक्त गरे। ती स्वामीहरूले फिरऊनको निम्ति पिताम र रामसेस शहरहरू बनाउन ती इस्राएलीहरूलाई जोर लगाए। राजाले यी शहरहरू अन्न र अरू चीजहरू राख्न प्रयोग गरे।