Exodus 1:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले उत्तर दिए, “हिब्रू स्त्रीहरू मिश्री स्त्रीहरूजस्ता छैनन्; तिनीहरूले सजिलै बच्चा जन्माउँछन्, हामी पुग्नुभन्दा अघि नै तिनीहरूले बच्चाहरू जन्माइसक्छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सुँड़ेनीहरूले फारोलाई भने, “हिब्रू स्त्रीहरू मिश्री स्त्रीहरूजस्ता छैनन्। तिनीहरू हट्टाकट्टा छन्, र सुँड़ेनी पुग्नुभन्दा अघि नै बच्चा जन्माइसकेका हुन्छन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती सुँडेनीहरूले फारोलाई जवाफ दिए, “हिब्रू स्त्रीहरू इजिप्टियन स्त्रीहरूजस्ता छैनन्; तिनीहरू बलिया हुन्छन्; अनि सुँडेनीहरू तिनीहरूकहाँ पुग्नुभन्दा पहिल्यै सजिलैसँग बच्चा जन्माइसकेका हुन्छन्।”
Nepali ERV (पवित्र बाइबल)
सुँडेनीहरूले फिरऊनलाई उत्तर दिए, “महाराज! हिब्रू स्त्रीहरू मिश्री स्त्रीहरूभन्दा ज्यादै बलिया छन्। हामीहरू तिनीहरूलाई सहायता गर्न पुग्नअघिनै नानी जन्माइसकेका हुन्छन्।”