Exodus 10:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब परमप्रभुले मोशालाई भन्नुभयो, “सलहहरू मिश्रमा आऊन् भनी आफ्नो हात पसार्। खेतबारीमा उब्जिएका हरथोक र असिनाबाट बचेका हरेक चीज तिनीहरूले आएर खानेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुले मोशालाई भन्नुभयो, “सलहहरू मिश्रमा आऊन् भनी आफ्नो हात पसार्, र ती मिश्रमा आएर असिनाबाट बाँचेका बारीका जम्मै सागपातहरू खाइदेऊन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि याहवेहले मोशालाई भन्नुभयो, “तेरो हात इजिप्टमाथि पसार्, र सलहहरूका हुल यस देशमा आऊन्, र खेतमा बढिरहेका घाँसपात, असिनाबाट बचेको सबै थोक खाइदेऊन्।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मोशालाई भन्नुभयो, “तिम्रो पाखुरा मिश्र देशमाथि उठाऊ र सलह आउनेछन अनि मिश्रको समस्त भूमिमा फैलिनेछन्। असिनाले नष्ट नपारेको सबै उद्भिदहरू सलहले खाईदिने छन।”