Exodus 10:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले आफ्नो लौरो उचाले र परमप्रभुले त्यस दिन र रातभरि मिश्रदेशमा पूर्वबाट बतास ल्याउनुभयो। भोलिपल्ट बिहान त्यो बतासले सलहहरू ल्यायो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि मोशाले आफ्नो लहुरो मिश्रमाथि पसारे, र परमप्रभुले त्यस दिनभरि र रातभरि देशमा पूर्वीय बतास चलाउनुभयो। जब बिहान भयो तब पूर्वीय बतासले सलहहरू ल्याएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मोशाले आफ्नो लहुरो इजिप्टमाथि पसारे; अनि याहवेहले देशको चारैतिर दिनभरि र रातभरि पूर्वीय बतास चलाइदिनुभयो। तब बिहान भएपछि पूर्वीय बतासले सलहहरू ल्यायो।
Nepali ERV (पवित्र बाइबल)
यसकारण मोशाले आफ्नो टेक्ने लाठ्ठी मिश्र देशमाथि उठाए अनि परमप्रभुले पूर्वबाट आँधी बेरी पठाउनु भयो। हावा बिहान बेलुका पूरै चलिरहयो। जब बिहान भयो मिश्र भूमिमा हावाले सलह ल्यायो।