Exodus 10:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले ढाकिएर सारा जमिन कालै भयो। असिनाबाट बाँचेका सबै थोक, रूखको फलहरूसमेत तिनीहरूले खाए। मिश्रदेशमा भएका रूखको हरियो-परियो र सागपात केही रहेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले सारा भूमिलाई ढाके, यहाँसम्म कि जमिनै कालो देखियो। अनि तिनीहरूले असिनाबाट बाँचेका, देशका सब सागपात र रूखका सबै फलहरू खाइहाले। मिश्रभरि हरियोपरियो केही रहेन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले सम्पूर्ण जमिनलाई कालो हुने गरी ढाकिदिए। तिनीहरूले असिनाले बचेका हरेक वनस्पति र रूखका सबै फलहरू खाइदिए। इजिप्टभरिका रूखहरू अथवा बोटबिरुवाहरूमा हरियो पात केही बाँकी रहेन।
Nepali ERV (पवित्र बाइबल)
ती सलहहरूले सबै भूमि ढाके अनि मैदान नै छोपे। असिनाले ध्वंश नपारेको जम्मै फलहरू र उद्भिदहरू सलहले खाए।