Exodus 10:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले पूर्वबाट आएको बतासलाई शक्तिशाली पश्‍चिमी बतासमा परिवर्तन गर्नुभयो र त्‍यो बतासले सलहहरूलाई उडाएर लाल समुद्रमा हालिदियो। मिश्रमा एउटै सलह पनि रहेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि परमप्रभुले अति ठूलो पश्‍चिमी बतास चलाइदिनुभयो, जसले सलहहरूलाई लाल समुद्रतिर उड़ाएर लग्‍यो, र मिश्रभित्र एउटै पनि सलह रहेन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि याहवेहले बतासलाई ठूलो पश्‍चिमी बतासमा परिणत गरिदिनुभयो, जसले सलहहरूलाई उडाएर लाल समुद्रमा फालिदियो। त्यसपछि इजिप्टमा एउटै सलह पनि रहेन।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ परमप्रभुले हावाको दिशा फर्काएर पश्चिम तिर गर्नु भयो र यसले सलहहरूलाई मिश्रबाट उडायो अनि निगालोको समुद्रमा पुर्यायो। एउटै पनि सलह मिश्रमा रहेनन्।