Exodus 10:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती गर्दा कसरी मिश्रीहरूलाई मूर्ख बनाएको थिएँ, त्यो कुरा तिमीहरूले आफ्ना छोरानातिहरूलाई भन्न सकौला भनेरै मैले तिनीहरूको मन कठोर गरेको छु। तिमीहरू सबैले म परमप्रभु हुँ भनी जान्नेछौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ताकि मैले कसरी मिश्रीहरूको उपहास गरें, र उनीहरूका बीचमा कस्ता-कस्ता चिन्हहरू देखाएँ सो तैंले आफ्ना छोरा-नातिहरूलाई बताउनू, र परमप्रभु म नै हुँ भनी तँलाई थाहा होस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मैले इजिप्टियनहरूसित कति कडा व्यवहार गरेँ, र मैले कसरी तिनीहरूबीच मेरा अलौकिक चिन्हहरू देखाएँ भनी तिमीहरूले आफ्ना छोराछोरीहरू र नातिनातिनाहरूलाई भन्नेछौ, र तिमीहरूले म नै याहवेह हुँ भनी जान्नेछौ।”
Nepali ERV (पवित्र बाइबल)
अनि तिमीले आफ्नो छोरा-छोरी तथा नाती नातिनाहरूलाई मैले मिश्रमा प्रदर्शन गरेका शक्तिशाली चमत्कारहरू र अन्य चीजहरू भन्न सक्ने छौ। तब तिमीहरू सबैले जान्नेछौ म परमप्रभु हुँ।”