Exodus 10:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले मोशालाई बोलाएर भने, “तिमीहरू गएर आफ्ना परमप्रभुलाई पुज, तिम्रा आइमाई, बालबच्चाहरू पनि जाऊन्। तर तिम्रा भेडा-बाख्रा र गाई-गोरु यहीँ छोडिराख।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब फारोले मोशालाई बोलाउन पठाए, र भने, “जाओ, तिमीहरू आफ्ना परमप्रभुको आराधना गर। केवल तिमीहरूका भेड़ाबाख्रा र गाईबस्तुहरू छोड़िराख। तिमीहरूका आइमाई र बालबच्चाहरू पनि तिमीहरूसँगै जाऊन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब फारोले मोशालाई बोलाएर भने, “जाऊ, याहवेहको आराधना गर। तिमीहरूका स्त्रीहरू र छोराछोरीहरू पनि तिमीहरूसित जाऊन्; केवल तिमीहरूका बगाल र बथान मात्र यहाँ रहून्।”
Nepali ERV (पवित्र बाइबल)
फेरि फिरऊनले मोशालाई बोलाए। फिरऊनले भने, “जाऊ अनि परमप्रभुको आराधना गर। आफ्नो छोरा-छोरीहरूसंगै लान सक्छौ, तर तिमीले भेडा र गाई-वस्तुहरू यही छोडर जानु पर्छ।”