Exodus 10:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा आफ्‍ना पशुहरू लैजानेछौं, एउटै पनि छोड्‍नेछैनौं। हाम्रा परमेश्‍वर परमप्रभुलाई चढाउनुपर्ने पशुहरू हामी आफैंले रोज्‍नुपर्छ। अनि त्‍यस ठाउँमा नपुगेसम्‍म कुन-कुन पशुहरू बलि गर्नुपर्छ, सो हामीलाई थाहा हुँदैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा गाईबस्‍तुहरू पनि हामीसँगै जानेछन्, र एउटा खुर पनि पछि छोड़िनु हुन्‍न। तिनीहरूमध्‍येकै कुनै-कुनै हामीले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई पुज्‍नलाई चढ़ाउनुपर्नेछ। जबसम्‍म हामी त्‍यहाँ पुग्‍दैनौं तबसम्‍म हामीलाई थाहा हुँदैन कि के-के चढ़ाएर हामीले परमप्रभुलाई पुज्‍नुपर्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रा गाईबस्तुहरू पनि हामीसित जानेछन्, र एउटै खुर समेत छोडिनेछैन; किनकि हामीले तीमध्ये कुनै-कुनै बस्तुभाउ हाम्रा याहवेह परमेश्‍वरलाई चढाउनुपर्छ; जबसम्म हामी त्यहाँ पुग्दैनौँ, तबसम्म हामीले याहवेहलाई के-के चढाएर आराधना गर्नुपर्छ, सो हामीलाई थाहा हुँदैन।”
Nepali ERV (पवित्र बाइबल)
जब हामी परमप्रभुलाई आराधना गर्न जान्छौ। हामीले हाम्रा पशुहरू पनि लाने छौं। एउटै पनि भाग छाडने छैनौं। परमप्रभुको आराधनामा के कुराहरूको आवश्यक पर्छ, त्यो हामी पनि जान्दैनौं। हामीले आफ्नो आवश्यकता त्यस समयमा मात्र बुझ्नेछौं जति बेला हामी हाम्रो गन्तव्य स्थानमा पुग्छौं।”