Exodus 10:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले मोशालाई भने, “मेरो नजरबाट निस्‍की! मलाई तेरो अनुहार फेरि नदेखा! जुन दिन तँ मेरो सामुन्‍ने देखा पर्छस् त्‍यही दिन तँ मर्नेछस्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब फारोले मोशालाई भने, “मेरो सामुन्‍नेबाट गइहाल्‌। होशियार बस्, मेरो सामुन्‍ने फेरि देखा नपर्, किनभने जुन दिन तैंले मेरो मुख हेर्लास्‌ त्‍यो दिन तँ मर्नेछस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फारोले मोशालाई भने, “यहाँबाट गईहाल! अब फेरि मेरो सामु तिमी देखा पर्दै नपर! तिमीले मेरो अनुहार देखेको त्यही दिन तिमी मर्नेछौ।”
Nepali ERV (पवित्र बाइबल)
तब फिरऊनले मोशालाई भने, “जाऊ, यहाँबाट। तिमी फेरि कहिलै आउनु पर्दैन यदि तिमी मलाई हेर्न आयौ भने, मर्नेछौ।”