Exodus 10:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यति धेरै सलहहरू हुनेछन् कि तिनीहरूले सारा जमिन ढाक्‍नेछन्। असिनाले छोडेका सबै थोक, बाँचेका रूखहरूसमेत तिनीहरूले खानेछन्‌।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले जमिनको सतह यस्‍तो गरी ढाक्‍नेछन्‌ कि जमिन देखिनेछैन। असिनाबाट जोगिएर उब्रेका सबै कुरा तिनीहरूले खानेछन्‌। तिमीहरूका वनमा उम्रेका सबै रूखपात तिनीहरूले खानेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले जमिनलाई नदेखिने गरी ढाकिदिनेछन्। असिनापछि अलि-अलि जे जति बाँकी रहेका छन्, तिनीहरूले ती सबै अनि तिमीहरूका खेतहरूमा बढ्दै गरेका प्रत्येक रूखलाई खाइदिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
सलहहरूले जमीन ढाक्नेछन। जमीनमा धेरै सलहहरू हुनेछन्। तिमीले जमीन देख्न सक्ने छैनौ। सलहले खेतका प्रत्येक कुरा अनि रूखहरू खानेछन्।