Exodus 10:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेरा महलहरू र भारदारका र प्रजाका सबै घरहरू सलहहरूले भरिनेछन्। त्‍यति धेरै सलहहरू त तेरा पितापुर्खाहरूले कहिल्‍यै देखेका थिएनन्।” मोशा फनक्‍क फर्केर हिँडे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरा घरमा र तेरा सबै अधिकारीहरूका घरमा र सारा मिश्रीहरूका घरमा ती भरिनेछन्‌। त्‍यति बिघ्न सलह त तेरा पिता-पुर्खाहरूले यस देशमा आएदेखि आजसम्‍म कहिल्‍यै देखेका थिएनन्‌’।” तब मोशा फर्केर फारोबाट निस्‍केर गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले तेरा घरहरू, तेरा सबै अधिकारीहरू र सारा इजिप्टियनहरूका घरहरू भरिनेछन्; यस्ता सलहहरू न तेरा पिताले, न त तेरा पुर्खाहरूले नै यस देशमा बसोबास गरेको समयदेखि आजसम्म देखेका छन्।’ ” तब मोशा फर्के, र फारोलाई छोडेर गए।
Nepali ERV (पवित्र बाइबल)
मिश्रमा भएका सबै घरहरू, तपाईंका कर्मचारी र तपाईंका घर सलहहरूले छोप्नेछन्। त्यहाँ तपाईंका पिता-पुर्खाहरूले देखेको भन्दा अधिक सलहहरू हुनेछन। त्यहाँ यति धेरै सलहरू देखियो की मिश्रदेशमा मानिसहरू बसो-वास गर्न लागे यता त्यति कहिल्यै देखिएका थिएनन्।”‘त्यसपछि मोशाले फिरऊनबाट विदा लिए।