Exodus 10:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाका भारदारहरूले तिनलाई भने, “यस मानिसले कहिलेसम्‍म हामीलाई दु:ख दिइरहने हो? इस्राएलीहरूलाई छोडिदिनुहोस् र तिनीहरू गएर परमप्रभु आफ्‍ना परमेश्‍वरलाई पुजून्। के हजुरलाई थाहा छैन, मिश्रदेश नै नष्‍ट भइसक्‍यो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फारोका अधिकारीहरूले उनलाई भने, “कहिलेसम्‍म यो मानिस हाम्रा लागि पासो बन्‍ने? ती मानिसहरूलाई तिनीहरूका परमप्रभु परमेश्‍वरको आराधना गर्नलाई जान दिनुहोस्‌। मिश्रदेश नष्‍ट भइसक्‍यो भन्‍ने के हजूरलाई थाहा छैन?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फारोका अधिकारीहरूले तिनलाई भने, “यो मानिस कहिलेसम्म हाम्रा निम्ति पासो बन्‍ने? यी मानिसहरूलाई जान दिनुहोस्, ताकि याहवेह तिनीहरूका परमेश्‍वरको आराधना गरून्। इजिप्ट नाश भइसक्यो भनेर के तपाईंलाई अझ थाहा छैन र?”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि कर्मचारीहरूले फिरऊनलाई सोधे, “कहिलेसम्म हामी यी मानिसहरूको फन्दामा परिरहने छौं? तिनीहरूका परमप्रभु परमेश्वरलाई आराधना गर्न मानिसहरूलाई जान दिनोस्। यदि तपाईंले जान दिनु भएन भने, तपाईंले चाल पाउनुअघि नै मिश्र ध्वंश हुनेछ।”