Exodus 11:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब परमप्रभुले मोशालाई भन्नुभयो, “अब म मिश्रको राजा र प्रजामाथि अझै एउटा विपत्ति पठाउनेछु। त्यसपछि त्यसले तिमीहरूलाई जान दिनेछ। खासमा त्यसले नै तिमीहरू सबैलाई यहाँबाट धपाउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुले मोशालाई भन्नुभयो, “अझै एउटा विपत्ति म फारो र मिश्रमाथि ल्याउनेछु। त्यसपछि त्यसले तिमीहरूलाई यहाँबाट जान दिनेछ, र त्यसो गर्दा तिमीहरूलाई यहाँबाट पूर्ण रूपले निकालिदिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फेरि याहवेहले मोशालाई भन्नुभयो, “म फारो र इजिप्टमाथि अझै एउटा विपत्ति ल्याउनेछु। त्यसपछि त्यसले तिमीहरूलाई जान दिनेछ; जब त्यसले जान दिनेछ, त्यसले तिमीहरूलाई पूर्ण रूपले निकालिदिनेछ।
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभुले मोशालाई भन्नु भयो, “मैले अझ फिरऊन अनि मिश्रमाथि एउटा विपत्ति ल्याउनुपर्छ। त्यसपछि मात्र उसले तिमीहरूलाई मिश्रबाट जान मात्र दिंदैन बलपूर्वक जानु भनी जोर लगाउनेछ।