Exodus 11:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर इस्राएलीहरू र तिनीहरूका पशुहरूलाई भने एउटै कुकुरले पनि भुक्‍नेछैन। तब तिमीहरूले चाल पाउनेछौ कि परमप्रभुले इस्राएलीहरू र मिश्रीहरूमा भेद राख्‍नुहुन्‍छ’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पशुको विरुद्धमा होस्‌ वा मान्‍छेको विरुद्धमा होस्‌ इस्राएलीहरूका बीचमा एउटा कुकुर पनि भुक्‍नेछैन’। तब तिमीहरूले थाहा पाउनेछौ कि परमप्रभुले मिश्रीहरू र इस्राएलीहरूमा भेद राख्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर इस्राएलीहरूका बीचमा भने कुनै मानिसलाई अथवा पशुलाई एउटा कुकुरले पनि भुक्नेछैन।’ तब तिमीहरूले जान्‍नेछौ कि याहवेहले इजिप्ट र इस्राएलको बीचमा भिन्‍नता राख्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तर कुनै पनि इस्राएली मानिसमाथि यस्तो घटना हुनेछैन। यहाँसम्म कि तिनीहरूलाई कुकुरले पनि भुक्ने छैन। इस्राएली मानिसहरूमा मात्र होइन तिनीहरूका पशुहरूलाई पनि कुनै नोक्सान हुनेछैन। तिमीले जान्ने छौ यस प्रकारले म इस्राएली मानिसहरू अनि मिश्रीहरूमा भिन्दा भिन्दै प्रकारको व्यवहार गर्नेछु।