Exodus 11:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले अन्‍त्‍यमा भने, “तपाईंका सबै भारदारहरू मकहाँ आएर मलाई ढोग्‍नेछन् र मेरा सबै मानिसहरूलाई लिएर जान बिन्‍ती गर्नेछन्। त्‍यसपछि म जानेछु।” तब मोशा रिसले तातिएर हिँडे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तेरा यी सबै अधिकारीहरू मकहाँ आएर मलाई दण्‍डवत्‌ गरेर भन्‍नेछन्, ‘तपाईंका पछि लाग्‍ने सारा मानिसहरूसमेत तपाईं निस्‍किजानुहोस्‌।’ त्‍यसपछि म निस्‍किजानेछु।” तब मोशा अत्‍यन्‍त क्रोधित भएर फारोकहाँबाट गइहाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरा यी सबै अधिकारीहरू मकहाँ आएर मलाई दण्डवत् गर्दै यसो भन्दै आउनेछन्, ‘तपाईं र तपाईंका पछि लाग्ने मानिसहरू जानुहोस्!’ त्यसपछि म निस्किजानेछु।” तब अत्यन्त क्रोधित भएर मोशा फारोकहाँबाट गइहाले।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि मिश्रका सबै पदाधिकारीहरू मेरोअघि निहुरिने छन् र मेरो आराधना गर्नेछन्। तिनीहरूले भन्नेछन्, “जाऊ! तिमीसंगै आफ्नो सबै मानिसहरूलाई लैजाऊ।”तब मोशा रिसाएर म फिरऊनलाई छोडनेछु।”‘