Exodus 12:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हतार-हतार त्यो खानू किनभने तिमीहरूले खुट्टामा जुत्ता लाएर अनि हातमा लौरो लिएर यात्रा गर्न कम्मर कसेर बस्नुपर्छ। यो निस्तार-चाड म परमप्रभुको आदर गर्नलाई हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पटुका कसेर, खुट्टामा जुत्ता लाएर, हातमा लहुरो लिएर र हतार-हतार गरी तिमीहरूले त्यो खानू। यो परमप्रभुको निस्तार-चाड़ हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसलाई तिमीहरूले यसरी खानू: तिमीहरूका पटुका कसेर, खुट्टामा जुत्ता लगाएर र तिमीहरूका लहुरो हातमा लिएर त्यसलाई हतार-हतार खानू; यो याहवेहको निस्तार चाड हो।
Nepali ERV (पवित्र बाइबल)
“जब तिमीहरू भोजन खान्छौ कतै बाहिर यात्रामा जाँदा जस्तै लुगा लाउनुपर्छ। तिमीहरूका खुट्टामा जुत्ता र हातमा टेक्ने लाठी हुनै पर्छ र हतार-हतार खानु पर्छ। किन? किनभने यो परमप्रभुको निस्तार हो।