Exodus 12:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो दिन तिमीहरूले एउटा धार्मिक चाड मनाउनेछौ र त्‍यस चाडले म परमप्रभुले जे गरेको थिएँ, त्‍यो तिमीहरूलाई याद दिलाउनेछ। त्‍यो चाड तिमीहरूले सदाको निम्‍ति आउँदा दिनहरूमा मनाउनू।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“त्‍यो दिन तिमीहरूका निम्‍ति एउटा स्‍मरणीय दिन हुनेछ, र तिमीहरूले त्‍यो दिन परमप्रभुको निम्‍ति चाड़ मनाउनेछौ। तिमीहरूले यो पुस्‍तौँसम्‍म एउटा रहिरहने विधि स्‍वरूप मान्‍नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यस दिनलाई तिमीहरूको स्मरणमा राख्नू; अनि आउने पुस्ताका निम्ति तिमीहरूले यसलाई याहवेहका चाडको हिसाबले मान्‍नू—यो सदाको निम्ति एउटा धार्मिक विधि हो।
Nepali ERV (पवित्र बाइबल)
“यसकारण यो एउटा स्मरणीय दिन हुनेछ। अनि तिमीहरूको निम्ति यो एक विशेष पवित्र चाड हुनेछ। तिमीहरूका संन्तानहरूले सदा सर्वदा यो पवित्र चाडलाई परमप्रभुलाई भक्ति गर्ने दिनको रूपमा मान्नु पर्छ।