Exodus 12:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले भन्नुभयो, “सात दिनसम्म तिमीहरूले बिनाखमिरको रोटी खानू। पहिलो दिनै तिमीहरूले आफ्ना घरमा भएका सबै खमिर हटाउनू किनभने कसैले ती सात दिनभित्रमा खमिर लाएको रोटी खायो भने त्यो मेरो प्रजा मानिनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सात दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू। पहिलो दिनमा नै तिमीहरूले आ-आफ्नो घरबाट खमिर निकाल्नू, किनभने जसले पहिलो दिनदेखि सातौँ दिनसम्म खमिर हालेको रोटी खाला त्यो मानिस इस्राएलबाट बहिष्कृत हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सात दिनसम्म तिमीहरूले खमिर नमिसाइएको रोटी खानू। पहिलो दिन आफ्ना घरहरूबाट खमिर निकाल्नू; किनकि जसले पहिलो दिनदेखि लिएर सातौँ दिनसम्म खमिर हालेको केही खान्छ, त्यो इस्राएलदेखि बहिष्कृत होस्।
Nepali ERV (पवित्र बाइबल)
यस चाडमा तिमीहरूले अखमिरी रोटी सात दिनसम्म खाने छौ। यस पवित्र चाडको पहिलो दिन तिमीहरूले आफ्नो-आफ्नो घरबाट समस्त खमीर बाहिर निकाल्ने छौ। यो पवित्र चाडमा सात दिनसम्म कसैले पनि खमीर खाने छैनौ। यदि कसैले खमीर त्यस समयमा खायो भने त्यसलाई अरू इस्राएलीबाट बहिष्कृत गरिनेछ।