Exodus 12:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले यो चाड मान्‍ने गर किनभने यही दिनमा मैले तिम्रा कुलहरूलाई मिश्रबाट निकाली ल्‍याएँ। आउँदा दिनमा सदाको निम्‍ति तिमीहरूले यो चाड मान्‍नुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरूले अखमिरी रोटीको चाड़ मान्‍नू, किनकि यही दिनमा नै मैले तिमीहरूका दल-दललाई मिश्रबाट ल्‍याएको हुँ। यसकारण त्‍यो दिन तिमीहरूले पुस्‍तौँसम्‍म एउटा रहिरहने विधि स्‍वरूप मान्‍नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अखमिरी रोटीको चाड मान्‍नू; किनकि यो त्यही दिन हो, जसमा मैले तिमीहरूका दलहरूलाई इजिप्टबाट ल्याएँ। यस दिनलाई भावी पुस्ताका लागि एउटा सदाको धार्मिक विधिस्वरूप मान्‍नू।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले यो अखमिरी रोटीको पवित्र चाडलाई सम्झना गर्नु पर्छ, कारण यही दिन मैले तिमीहरूलाई मिश्रबाट दल बनाएर बाहिर ल्याए। तिम्रा सन्तानहरू सबैमा सदा-सर्वदा यो एउटा नियम होस्।