Exodus 12:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[19-20] सात दिनसम्म तिमीहरू कसैका घरमा खमिर नपाइयोस्। देशमै जन्मिएको होस् वा परदेशमा जसले ती दिनभित्रमा खमिर लाएको रोटी खानेछ, त्यो मेरो प्रजा मानिनेछैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सात दिनसम्म तिमीहरूका घरमा केही खमिर नहोस्। कसैले खमिर भएको केही खायो भने त्यो चाहे प्रवासी होस्, चाहे स्वदेशी होस्, त्यो इस्राएलको समुदायबाट बहिष्कृत हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सात दिनसम्म तिमीहरूका घरहरूमा खमिर पटक्कै नपाइयोस्। अनि जसले खमिर मिसाएर केही कुरा खान्छ, त्यो परदेशी होस् वा स्वदेशमै जन्मेको होस्, त्यसलाई इस्राएलको समुदायबाट बहिष्कार गर्नू।
Nepali ERV (पवित्र बाइबल)
सात दिनसम्म तिमीहरूका घरमा कुनै खमीर रहनु हुँदैन। कुनै पनि मानिस चाहे त्यो इस्राएली होस अथवा विदेशी यदि तिनीहरूले यस समयमा खमीर खायो भने उसलाई इस्राएलीको समुदायबाटै अलग्ग गराउनु पर्छ।