Exodus 12:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गाई-वस्‍तुका पहिले जन्‍मेका बाछाहरू पनि मारिए। त्‍यो रात राजा, तिनका भारदारहरू र अरू सबै मिश्रीहरू जागा बसे। मिश्रदेशमा चर्को सोरमा ठूलो रुवावासी चल्‍यो किनभने त्‍यहाँ जेठो छोरो नमरेको कुनै परिवार नै थिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फारो, उनका सबै अधिकारीहरू, र सारा मिश्रीहरू राती नै उठे। मिश्रमा ठूलो रुवाबासी भयो, किनकि त्‍यहाँ एउटा नमरेको कुनै घर थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फारो र तिनका सबै अधिकारीहरू र सारा इजिप्टियनहरू राति नै उठे, र इजिप्टमा ठूलो रुवाबासी चल्यो; किनकि त्यहाँ कोही नमरेको कुनै घर थिएन।
Nepali ERV (पवित्र बाइबल)
त्यस रात मिश्रमा प्रत्येक घरको कोही न कोही मरे। फिरऊन, उसका अधिकारीहरू अनि मिश्रका सबै मानिसहरू चिच्याँउदै रोए।