Exodus 12:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो रात राजाले मोशा र हारूनलाई बोलाउन पठाए र भने, “तिमी र तिम्रा इस्राएलीहरू निस्‍की जाओ। मेरो देश छोडेर गइहाल अनि तिमीहरूले भनेअनुसार आफ्‍ना परमप्रभुलाई भक्ति गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फारोले राती नै मोशा र हारूनलाई बोलाउन पठाएर भने, “तिमीहरू र सबै इस्राएलीहरू मेरा प्रजाका बीचबाट निक्‍लेर गइहाल, र तिमीहरूले भनेबमोजिम परमप्रभुको आराधना गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
रातको समयमा फारोले मोशा र हारूनलाई बोलाइपठाएर भने, “तिमीहरू र सारा इस्राएलीहरू उठ! अनि मेरा मानिसहरूलाई छोडिदेओ! जाओ, र तिमीहरूले बिन्ती गरेझैँ याहवेहको आराधना गर।
Nepali ERV (पवित्र बाइबल)
तब त्यस राती फिरऊनले मोशा र हारूनलाई बोलाए। फिरऊनले तिनीहरूलाई भने, “तयार होऊ अनि हाम्रा मानिसहरूलाई छोडेर जाऊ। तिमी र तिम्रा मानिसहरूले त्यसै गर्न सक्छौ जो तिमी भन्छौ तिमीहरू जाऊ अनि आफ्नो परमप्रभुको आराधना गर।