Exodus 12:36 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मिश्रीहरूलाई इस्राएलीहरूको आदर गर्न तिनीहरूले मागेका कुरा दिन लाउनुभयो। यसरी इस्राएलीहरूले मिश्रीहरूका धन-सम्पत्ति लिएर गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले मिश्रीहरूलाई इस्राएलीहरूप्रति कृपालु बनाइदिनुभएको थियो, र मिश्रीहरूले तिनीहरूलाई मागेअनुसार सबै दिए। यसरी तिनीहरूले मिश्रीहरूलाई लुटे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले मानिसहरूलाई इजिप्टियनहरूको निगाहमा राखिदिनुभयो; र तिनीहरूले उनीहरूले मागेका सबै कुराहरू दिइहाले; यसरी तिनीहरूले इजिप्टियनहरूलाई लुटे।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मिश्रका मानिसहरूलाई दयालु बनाई दिनु भयो अनि तिनीहरूले जे मांगे त्यही दिए।