Exodus 12:37 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलीहरू रामसेसबाट सुक्कोततिर हिँडे। स्त्री र बच्चाहरू बाहेक प्राय: छ लाख पुरुषहरू थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलीहरू रामसेसबाट हिँड़ेर सुक्कोतमा गए। आइमाई र केटाकेटीहरू छोड़ेर करीब छ लाख पैदल हिँड्ने मानिसहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलीहरूले रामसेसदेखि सुक्कोतसम्म यात्रा गरे। स्त्री र बालबालिकाहरू छोडेर, लगभग छ लाख पैदल हिँड्ने मानिसहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
इस्राएली मानिसहरूले रामसेसबाट, सुक्कोतसम्म यात्रा गरे। तिनीहरू लगभग 6,00,000 थिए। यस संख्यामा नानीहरूको गन्ति गरिएको थिएन।