Exodus 12:39 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्रबाट लिई आएको मुछेको पिठोले तिनीहरूले अखमिरी रोटी बनाए किनभने तिनीहरूले मिश्र अचानक छोडेका थिए र खाना तयार गर्न वा खमिरे रोटी बनाउन पनि भ्याएका थिएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले आफूसाथ मिश्रबाट ल्याएको, मुछेको पीठोको अखमिरी रोटी बनाए। त्यो खमिरा भएको थिएन, किनभने तिनीहरू मिश्रबाट धपाइँदा आफ्ना निम्ति भोजन बनाउने पनि तिनीहरूले समय पाएका थिएनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इजिप्टबाट ल्याएको मुछेको पिठोबाट तिनीहरूले अखमिरी रोटीहरू पकाए। त्यो मुछेको पिठो खमिररहित थियो; किनकि तिनीहरू इजिप्टबाट धपाइएका थिए, र तिनीहरूसित आफ्ना भोजन बनाउने समय पनि थिएन।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरूसंग रोटीमा खमीर मिसाउने समय पनि थिएन अनि तिनीहरूले यात्राको निम्ति कुनै विशेष भोजन तयार पारेका थिएनन्। यसकारण तिनीहरूका साधरण खमीर बिनाको रोटी बाहेक अरू कुनै खाने कुरा थिएन।