Exodus 12:42 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले तिनीहरूलाई मिश्रदेखि निकाली ल्याउन रातभरि रखवाली गर्नुभएको थियो। त्यो विशेष रात परमप्रभुलाई सदाकालको निम्ति अर्पण गरिएको रात हो, अनि इस्राएलीहरूले जागा रहेर सधैँ मनाउनुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूलाई मिश्रबाट निकालेर ल्याउन त्यस रात परमप्रभु जागरण बस्नुभएकोले, इस्राएलीहरूले पनि त्यही रात जागरण बसी पुस्तौँसम्म परमप्रभुलाई आदर गरून्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूलाई इजिप्टबाट बाहिर निकाल्नलाई त्यस रात याहवेहले हेरचाह गर्नुभएको कारण सारा इस्राएलीहरू पनि भावी पुस्तामा याहवेहलाई सम्मान दिनको निम्ति त्यस रात जागा रहनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ त्यो विशेष छ। जब परमप्रभुले गरेको मानिसहरूले सम्झने छन्। त्यो रात सबै इस्राएली मानिसहरूको हृदयमा सदा-सर्वदा रहनेछ।