Exodus 12:48 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर खतना नगरिएको कुनै मानिसले त्‍यो खानुहुँदैन। तिमीहरूका माझमा बस्‍ने कुनै विदेशीले निस्‍तार-चाड मानेर परमप्रभुलाई आदर गर्न चाहन्‍छ भने पहिले तिमीहरूले उसको घरानाका सबै पुरुषहरूको खतना गराउनू। त्‍यसपछि उसलाई स्‍वदेशमै जन्‍मेको इस्राएली ठान्‍नू र चाड मनाउन दिनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तँसित प्रवास गर्ने कोही परदेशी छ, र परमप्रभुको निस्‍तार-चाड़ मनाउन त्‍यसले इच्‍छा गर्छ भने, त्‍यसको घरका सबै पुरुषको खतना होस्‌। तब त्‍यसले त्‍यो देशमै जन्‍मेको जस्‍तो गरी सो चाड़मा भाग लिन सक्‍छ। खतना नभएको कुनै मानिसले त्‍यो नखाओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीहरूसित बस्‍ने कुनै परदेशीले याहवेहको निस्तार चाडको उत्सव मनाउन चाहन्छ भने त्यसले आफ्ना परिवारका सबै पुरुषहरूको खतना गराउनुपर्छ; तब त्यसले स्वदेशमा जन्मेकाले झैँ त्यसमा भाग लिन सक्छ। खतना नभएको कुनै पुरुषले यसबाट खान पाउनेछैन।
Nepali ERV (पवित्र बाइबल)
यदि कोही मानिस तिमीहरूसित बसो-बासो गर्छ तर त्यो इस्राएली होइन र यो परमप्रभुको निस्तार चाडमा भाग लिन चाहन्छ भने उसको खतना गरिनु नै पर्छ। त्यसपछि त्यो इस्राएली नागरिक बराबर हुन्छ र उसले निस्तार भोजनमा भाग लिन सक्छ। तर यदि उसको खतना गरिएको छैन भने निस्तार भोजनमा भाग लिन सक्तैन।