Exodus 13:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्रका राजाले हठी भएर हामीलाई नछोड्दा परमप्रभुले मिश्रका सबै मानिसका जेठा छोराहरू र पशुका पहिला जन्मेका भाले बच्चाहरूलाई नाश पार्नुभयो। यसैकारण हामी हाम्रा पशुका पहिला जन्मेका भाले बच्चाहरूलाई परमप्रभुका लागि चढाउँछौं; तर जेठा छोराहरूलाई चाहिँ तिनका सट्टामा केही चढाएर छुटाउँछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब फारोले कठोर भएर हामीलाई जान दिएनन्, तब परमप्रभुले मिश्रमा सबै मानिस र पशु दुवैका पहिले जन्मेकालाई मार्नुभयो। यसैकारण हरेक गर्भको पहिलो बियाएको पाठालाई परमप्रभुको निम्ति बलिदान गर्दछु, र मेरा छोराहरूमध्येका जेठालाई चाहिँ छुटाउँछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब फारोले हठी भएर हामीलाई जान दिएनन्, याहवेहले इजिप्टमा मानिस र पशुबाट प्रथम जन्मेका हरेकलाई मार्नुभयो। यसैकारण म प्रत्येक गर्भको प्रथम नरलाई याहवेहका निम्ति बलिदान चढाउँछु, र मेरा पहिला जन्मेका प्रत्येक छोरालाई छुटाउँछु।’
Nepali ERV (पवित्र बाइबल)
मिश्र देशमा फिरऊनले अट्टेरी गरेर हामीलाई त्यहाँबाट बाहिर पठाउन अस्वीकार गरे। यसर्थ परमप्रभुले त्यहाँ जन्मेका प्रत्येक मानिस र पशुका पहिले जन्मेका छोराहरू तथा बच्चाहरू मारिदिनु भयो। यही कारणले मेरा प्रथम जन्मेका छोरो परमप्रभुबाट उद्धार गर्न प्रथम जन्मेको डाँगो पशु भेटी चढाँउँछु।’