Exodus 13:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुनै कुराको याद दिनलाई हात वा निधारमा बाँधेको चिन्‍हजस्‍तै यो चाडले हामीलाई परमप्रभुले आफ्‍नो महान् शक्तिले मिश्रदेखि निकाली ल्‍याउनुभएको कुराको याद गराउनेछ’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो परमप्रभुले हामीलाई आफ्‍नो शक्तिशाली बाहुलीले मिश्रबाट निकालेर ल्‍याउनुभएको हो भनी तिमीहरूका निम्‍ति हातमा भएको एउटा चिन्‍ह र निधारमा भएको एउटा सङ्केत हुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि याहवेहले हामीलाई इजिप्टबाट शक्तिशाली हातले निकालेर ल्याउनुभयो भन्‍ने यो तिमीहरूका हातमा चिन्हस्वरूप र निधारमा सङ्केतस्वरूप हुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
यो तिमीहरूको हातमा कसेको धागो जस्तै हो र यो तिमीहरूका आँखाको सामुन्ने राखेको चिन्ह जस्तो हो। यसले हामीलाई सधैं सम्झना गर्न सहायता गर्छ कसरी परमप्रभुले उहाँको महाशक्ति चलाएर हामीहरूलाई मिश्रबाट ल्याउनु भयो।”