Exodus 13:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु दिउँसो बादलको खम्‍बामा भएर तिनीहरूलाई बाटो देखाउँदै हिँड्‍नुहुन्‍थ्‍यो र राती आगोको मुस्‍लोमा भएर उज्‍यालो गराउँदै तिनीहरूका अघिअघि जानुहुन्‍थ्‍यो। त्‍यसरी तिनीहरू रातदिन यात्रा गर्न सक्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनीहरू रातदिन हिँड्‌न सकून्‌ भनेर तिनीहरूलाई बाटो देखाउनका निम्‍ति परमप्रभु दिनमा बादलको खामो र राती आगोको खामोमा तिनीहरूको अगिअगि जानुहुन्‍थ्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू दिन र रात यात्रा गर्न सकून् भनेर दिउँसो याहवेह तिनीहरूलाई बाटोमा डोर्‍याउनलाई बादलको खामोमा र राति तिनीहरूलाई प्रकाश दिनलाई आगोको खामोमा तिनीहरूका अगि-अगि जानुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले दिउँसो अग्लो बादललाई र राती अग्लो आगोको खम्बालाई तिनीहरूलाई बाटो देखाउन प्रयोग गर्नु भयो। आगो तिनीहरूलाई उज्यालो दिन्थ्यो र तिनीहरू राती पनि यात्रा गर्न सक्थे।