Exodus 13:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले मानिसहरूलाई भने, “आफू कमारा-कमारी भएर बसेको मिश्रदेशलाई छोडिआएको यस दिनलाई याद राख। यस दिनमा परमप्रभुले आफ्‍नो महान् शक्तिले तिमीहरूलाई निकाली ल्‍याउनुभयो। खमिर नहालेको रोटी खानू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मोशाले मानिसहरूलाई भने, “दासत्‍वको देश, मिश्रबाट निस्‍केर आएको यस दिनको तिमीहरूले सम्‍झना राख, किनकि परमप्रभुले आफ्‍नो बाहुलीको शक्तिले तिमीहरूलाई त्‍यस ठाउँबाट निकालेर ल्‍याउनुभयो। यस दिन खमिर हालेको कुनै रोटी नखाइओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मोशाले मानिसहरूलाई भने, “यस दिनलाई सम्झना गर, जुन दिन तिमीहरू इजिप्टबाट, दासत्वको देशबाट निस्केर आयौ; किनकि याहवेहले तिमीहरूलाई शक्तिशाली हातले त्यहाँबाट बाहिर निकालेर ल्याउनुभयो। खमिर भएको कुनै कुरा नखाओ।
Nepali ERV (पवित्र बाइबल)
मोशाले मानिसहरूलाई भने, “यस दिनलाई सम्झना गर। तिमीहरू मिश्रमा कमारा-कमारीहरू थियौ। तर आजको दिन परमप्रभुले आफ्नो महाशक्ति प्रयोग गरी तिमीहरूलाई स्वतन्त्र पार्नुभयो। तिमीहरूले खमीर मिसाएको रोटी खानै हुँदैन।