Exodus 13:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले तिम्रा पुर्खाहरूलाई कनानी, हित्ती, एमोरी, हिव्‍वी र यबूसीहरूको देश दिने प्रतिज्ञा गर्नुभएको छ। जब उहाँले तिमीहरूलाई त्‍यस धनी र मलिलो देशमा पुर्‍याउनुहुन्‍छ, तब वर्षेनी पहिलो महिनामा तिमीहरूले यो चाड मनाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब परमप्रभुले तिमीहरूलाई कनानी, हित्ती, एमोरी, हिव्‍वी र यबूसीहरूको देश, अर्थात्‌ दूध र मह बग्‍ने देशमा ल्‍याउनुहुनेछ, जुन देश उहाँले तिमीहरूका पिता-पुर्खासित ‘म दिन्‍छु’ भन्‍ने शपथ खानुभएको थियो, तब यही महिनामा यो चाड़ मान्‍नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब याहवेहले तिमीहरूलाई कनानीहरू, हित्तीहरू, एमोरीहरू, हिव्वीहरू र यबूसीहरूको देश—उहाँले तिमीहरूका पितापुर्खाहरूलाई दिनेछु भनेर शपथ खानुभएको दूध र मह बग्ने देशमा ल्याउनुहुनेछ, तब तिमीहरूले यही महिनामा यो उत्सव मनाउनुपर्छः
Nepali ERV (पवित्र बाइबल)
“परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई विशेष वचन दिनुभएको छ। उहाँले तिमीहरूलाई कनानी, हित्ती, एमोरी, हिव्वी अनि यबूसी मानिसहरूको भूमि दिने प्रतिज्ञा गर्नु भयो। परमप्रभुले तिमीहरूलाई त्यस भूमिमा लानु हुनेछ जहाँ दूध र मह बग्छन्। यसकारण तिमीहरूले यो रीति प्रत्येक वर्ष यही महीनामा पालन गर्नुपर्छ।