Exodus 13:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको कुनै पनि व्‍यवस्‍था तिमीहरूका मुखमा रहोस् भनेर यो तिमीहरूका निम्‍ति एउटा चिन्‍ह हातमा र निधारअघि तिमीहरूलाई सम्‍झना गराउने कुरा हुनेछ किनकि परमप्रभुले आफ्‍नो शक्तिशाली हातले तिमीहरूलाई मिश्रबाट निकालेर ल्‍याउनुभएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको व्‍यवस्‍था तिमीहरूका मुखमा रहोस्‌ भनेर यो तिमीहरूका निम्‍ति हातमा एउटा चिन्‍ह र निधार अगि तिमीहरूलाई सम्‍झना गराउने कुरा हुनेछ, किनकि परमप्रभुले आफ्‍नो शक्तिशाली हातले तिमीहरूलाई मिश्रबाट निकालेर ल्‍याउनुभएको हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको व्यवस्था तिमीहरूका ओठमा रहोस् भनी यो रीति तिमीहरूको हातमा एउटा चिन्हस्वरूप र तिमीहरूका निधारमा एउटा सम्झना दिलाउने कुरो हुनेछ; किनकि याहवेहले तिमीहरूलाई इजिप्टबाट उहाँको शक्तिशाली हातले निकालेर ल्याउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
“यस पवित्र चाडले तिमीहरूलाई सम्झना गराउने छ यो हातमा बाँधेको धागो आँखाअघि राखिएको चिन्ह जस्तो हुनेछ। यस पवित्र दिनले तिमीहरूलाई परमप्रभुले दिनु भएको उपदेशहरू सम्झना गराउनेछ। यसले तिमीहरूलाई त्यही दिनको सम्झना गराउँछ परमप्रभुले आफ्नो महाशक्ति प्रयोग गरेर तिमीहरूमाथि करूणा गर्नु भएको थियो।