Exodus 14:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस्‍तै हुन्‍छ भनी हामीले के अघिबाटै भनेका थिएनौं र? हामीलाई छोडिदेऊ र मिश्रीहरूका दासदासी नै रहन देऊ भनी हामीले तिमीलाई पहिले नै भनेका थियौं। यहाँ मरुभूमिमा मर्नुभन्दा त बरु त्‍यहाँ मिश्रमा दास-दासी भएर बस्‍नु नै असल हुन्‍थ्‍यो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के मिश्रमा ‘हामीलाई मिश्रीहरूको सेवा गर्न छोड़िदिनुहोस्‌’ भनी हामीले तपाईंलाई भनेका थिएनौं र? उजाड़-स्‍थानमा मर्नुभन्‍दा त हामीलाई मिश्रीहरूकै सेवा गर्न असल हुने थियो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के हामीले इजिप्टमा तपाईंलाई ‘हामीलाई त्यसै छोडिदिनुहोस्; हामीलाई इजिप्टियनहरूको सेवा गर्न दिनुहोस्’ भनेका थिएनौँ र? यस उजाडस्थानमा मर्नुभन्दा त हामीलाई इजिप्टियनहरूको सेवा गर्नु असल हुनेथियो।”
Nepali ERV (पवित्र बाइबल)
हामीले मिश्रमा तिमीलाई भनेका थियौं “यस्तो परी आउनेछ। ‘मिश्रमा हामीले भनेका थियौ कि हाम्रो चिन्ता नगर्नु होस्।’ हामीलाई मिश्रमा बस्न दिनुहोस र मिश्र वासीहरूको सेवा गर्न देऊ। यसरी मरूभूमिमा आएर मर्नु भन्दा त त्यही बसी कमारा-कमारी हुनु नै असल थियो।”