Exodus 14:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्री र इस्राएलीहरूका बीचमा खडा भयो। बादलले मिश्रीहरूपट्टि अँध्यारो पारिदियो तर इस्राएलीहरूपट्टि उज्यालो रह्यो। यसरी तिनीहरू रातभरि नै एक अर्काको नजिक आउन सकेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो मिश्रीको सेना र इस्राएलको सेनाको बीचमा आयो। रातभरि बादलले एकातिर अँध्यारो पार्यो र अर्कोतिर उज्यालो पार्यो। तिनीहरू रातभरि एक-अर्काको नजिक आएनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि इजिप्ट र इस्राएलीहरूका सेनाका बीचमा आयो। रातभरि त्यस बादलले एकातिर अँध्यारो र अर्कोतिर उज्यालो ल्यायो। यसकारण रातभरि एकपट्टिको मानिस अर्कोपट्टि गएन।
Nepali ERV (पवित्र बाइबल)
यसरी त्यो बादल इस्राएली अनि मिश्रदेशी मानिसहरूको माझमा उभियो। यसले इस्राएलीहरूलाई उज्यालो दियो अनि मिश्रदेशी मानिसहरूलाई अँध्यारो। अँध्यारोले गर्दा फिरऊनका सेनाहरू इस्राएलीहरूको नजिक आउन सकेनन्।