Exodus 14:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले आफ्नो हात समुद्रमाथि पसारे। पूर्वबाट जोडसाथ बतास चलाएर परमप्रभुले समुद्रलाई सुकाइदिनुभयो। बतास रातभरि चल्यो र समुद्र ओबानो जमिन भयो। पानी दुई भाग भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मोशाले आफ्नो हात समुद्रमाथि पसारे, र परमप्रभुले रातभरि जोडसित पूर्वीय बतास चलाइदिनुभयो, र समुद्रलाई पछि पन्साइदिनुभयो, र पानी दुई भाग भएर समुद्र ओबानो जमिन भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मोशाले समुद्रमाथि आफ्ना हात पसारे; अनि याहवेहले रातभरि शक्तिशाली पूर्वीय बतास चलाएर समुद्रलाई पछिल्तिर ठेलिदिनुभयो, र त्यसलाई ओबानो जमिनमा परिणत गरिदिनुभयो। पानी दुई भाग भयो,
Nepali ERV (पवित्र बाइबल)
मोशाले आफ्नो लहुरो लाल समुद्रमाथि उठाए अनि परमप्रभुले पूर्वबाट तेजसित बतास चलाइदिनुभयो। बतास रात भरी नै चलिरह्यो, पूर्वीय बतासले समुद्रलाई सुकाइदियो अनि यसलाई दुइ भाग पारि दियो।