Exodus 14:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले हिलोमा रथका चक्‍काहरू भसाइदिनुभयो र ती अड्किए। बढी कठिनले रथ चल्‍न थाले र मिश्रीहरूले भन्‍न लागे, “इस्राएलीहरूको निम्‍ति हाम्रा विरुद्धमा परमप्रभु लड्दै हुनुहुन्‍छ। हामी यहाँबाट निस्‍कौं!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले उनीहरूका रथका पाङ्‌ग्राहरू फुस्‍काइदिनुभयो र उनीहरूलाई ती चलाउन कठिन भयो। मिश्रीहरू भन्‍न लागे, “हामी इस्राएलीहरूदेखि भागौं, किनकि परमप्रभु तिनीहरूका पक्षमा भएर मिश्रीहरूका विरुद्धमा लड्‌दैहुनुहुन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले तिनीहरूका रथहरूका चक्‍काहरू फुस्काइदिनुभयो, र तिनीहरूलाई कुदाउन कठिन पर्‍यो। अनि इजिप्टियनहरूले भने, “हामी इस्राएलीहरूदेखि भागौँ! याहवेह तिनीहरूको पक्षमा भई हाम्रो विरुद्धमा युद्ध गर्दै हुनुहुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
रथका पाङग्राहरू भासिए अनि रथलाई नियन्त्रणमा राख्न कठिन पर्यो। मिश्रदेशका मानिसहरू जोरले कराए, “हामी यहँबाट भागौं, परमप्रभु हाम्रो विरूद्ध इस्राएलका मानिसहरूको पक्षमा लडाइँ गर्नु हुँदैछ।”